साफ यू-२० महिला च्याम्पियनसिपको दोस्रो खेलमा नेपाल आज बंगलादेशसँग उसकै घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैछ। खेल साँझ ६:४५ बजे सुरु हुनेछ। पहिलो खेलमा नेपालले भुटानलाई ६/१ ले हराएको थियो। अघिल्लो संस्करणको फाइनलमा बंगलादेशसँग नै पराजित भएको नेपालका लागि आजको खेल उसकै मैदानमा बदला लिने अवसर पनि हो।