महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा अश्विनीकुमार ठाकुर नियुक्त भएका छन् । २० असारमा बसेको बैंकको सञ्चालक समितिको बैठकले ठाकुरलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।
उनले आइतबार बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमबिच पदबहाली गरेका छन् । ठाकुरसँग नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक, राष्ट्रिय जीवन बिमा कम्पनी (साबिक राष्ट्रिय बिमा संस्थान)को प्रमुख कार्यकारी अधिकृत तथा मध्यपश्चिामञ्चल ग्रामीण विकास बैंक, हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी, अपर तामाकोशी हाइड्रोपावर, नेसनल बैंकिङ इन्स्टिच्युटलगायतका संगठित संस्थाहरूको बोर्ड सदस्यको जिम्मेवारीमा रही काम गरेको अनुभव छ ।
महालक्ष्मी विकास बैंक नेपालको उत्कृष्ट विकास बैंकमा पर्दछ ।