सांग्रिला डेभलपमेन्ट बैंकद्वारा विपन्न समुदायका विद्यार्थीलाई स्टेसनरी सामग्री वितरण

  • Clock icon
    २०८२ असार २९, आईतवार २३:१६
सांग्रिला बैंक shangrila bank

सांग्रिला डेभलपमेन्ट बैंकले विपन्न समुदायका विद्यार्थीलाई स्टेसनरी सामग्री वितरण गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर)अन्तर्गत बैंकले काठमाडौंको गुह्येश्वरीस्थित बाल सारथी एकेडेमीका विद्यार्थीलाई कापी, पेन्सिललगायत स्टेसनरी सामग्री वितरण गरेको हो । एकेडेमीमा आयोजित कार्यक्रममा बैंकका मार्केटिङ विभाग प्रमुख अर्पणा बज्राचार्यले विद्यार्थीलाई स्टेसनरी सामग्री प्रदान गरिन् । आर्थिक रूपमा विपन्न तथा परिवारबाट टाढा रहेका बालबालिकालाई अध्ययन–अध्यापन गराइरहेको एकेडेमीका अध्यक्ष डा. माला खरेलले जानकारी दिइन् ।

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत सहयोग गर्ने संस्थाहरुको अग्रपङ्क्तिमा नाम आउने गर्दछ ।