शिवम् सिमेन्टद्वारा ‘क्वालिटीको मामलामा नो कम्प्रमाइज’अन्तर्गतको दोस्रो भिडियो सार्वजनिक

  • Clock icon
    २०८२ असार २९, आईतवार २३:४०
सिबम सिमेन्ट sivam

शिवम् सिमेन्टले आफ्नो ब्रान्ड क्याम्पेन ‘क्वालिटीको मामलामा नो कम्प्रमाइज’अन्तर्गतको दोस्रो भिडियो सार्वजनिक गरेको छ ।

भिडियोमा घरबेटी र भाडावालबिचको सम्झौतामा आधारित कथामार्फत ‘सतर्कताका मामलामा नो कम्प्रमाइज’ भन्ने सन्देश दिन खोजिएको छ । यो भिडियोले विश्वासपात्रबाट हुन सक्ने धोका, छलकपटबारे सचेत गराउँदै, सामान्य जीवनका निर्णयहरूमा पनि विवेक र सतर्कता आवश्यक हुन्छ भन्ने कुरामा जोड दिएको छ । यसअघि क्याम्पेनको पहिलो चरणमा एक कर्तव्यनिष्ठ ट्राफिक प्रहरीको जीवनमार्फत ‘कर्तव्यको मामलामा नो कम्प्रमाइज’ नामक सामाजिक सन्देशमूलक प्रचार भिडियो सामग्री प्रस्तुत गरिएको थियो । यो भिडियोले समाजमा कर्तव्यबोध र उत्तरदायित्वप्रतिको चेतना फैलाउने उद्देश्य राखेको थियो ।

यो अभियान केवल विज्ञापन मात्र नभएर अभियानतिको उत्तरदायित्व र जनचेतना अभियानतिकाकेन्द्रित रहेको कम्पनीले जनाएको छ । कम्पनीले स्थापनाकालदेखि केवल ओपिसी सिमेन्ट उत्पादन तथा बिक्री गर्दै आएको छ ।