प्रचण्डको आज संसदमा सम्बोधन-कार्यसूची सहित

  • Clock icon
    २०८२ असार ३०, सोमबार ०७:२५

आज असार ३० गते सोमबार दिउँसो बस्ने प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम छ ।

सोमबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रचण्डले सम्बोधन गर्ने उहाँको सचिवालयले जनाएको छ।

आजको बैठकमा सहरी विकास, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, भौतिक पूर्वाधार तथा यातायात, पर्यटन र ऊर्जा मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यक्रम छ ।

आजको बैठकमा खेलकुदमन्त्री तेजुलाल चौधरीले राष्ट्रिय खेलकुद विकास -पहिलो संशोधन_ विधेयक २०८२ माथि विचार गरियोस भन्ने प्रस्ताव पेश गर्ने कार्यसूचीसमेत रहेको छ।

  • Clock icon
    २०८२ असार ३०, सोमबार ०७:२५