लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी ) नेपालको २३ औं वार्षिक साधारण सभा सम्पन्न

  • Clock icon
    २०८२ असार ३०, सोमबार १६:४२

लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी )नेपालको २३ औं वार्षिक साधारण सभा सोमबार राजधानीमा सम्पन्न भएको छ ।

कम्पनीको संचालक समितिका अध्यक्ष रत्नाकर पटनायकको अध्यक्षतामा बसेको बार्षिक साधारणसभाले कम्पनीले प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले बोनस सेयरबाट चुक्ता पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र संशोधन गर्ने, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण पनि छलफल गरी पारित गरेको छ । कम्पनीले साधारण सभा प्रयोजनका लागि असार १६ गते बुक क्लोज गरेको थियो ।