अम्बानी सीजीद्धारा ‘क्याम्पा कोला’मा लगानी

  • Clock icon
    २०८२ असार ३०, सोमबार १९:०२

भारतको प्रतिष्ठित औद्योगिक समूह अर्बपति मुकेश अम्बानीको रिलायन्स इन्डष्ट्रिजले नेपालको प्रतिष्ठित औद्योगिक घराना चौधरी ग्रुपसँगको सहकार्यमा लोकप्रिय कोल्ड ड्रिंक ब्रान्ड क्याम्पा कोला नेपाली बजारमा ल्याएको छ।

क्याम्पा कोला रिलायन्स इन्डष्ट्रिजको एफएमसीजी विंग रिलायन्स कन्ज्युमर प्रोडक्ट्स लिमिटेड (आरसीपीएल) द्वारा उत्पादित अन्तर्राष्ट्रियरुपमा ख्यातिप्राप्त भारतीय कोल्ड ड्रिंक ब्रान्ड हो।

क्याम्पा कोलाले भारतको प्रतिष्ठित आइपिएल जस्ता इभेन्टहरु स्पन्सर गर्दै आएको छ। क्याम्पा कोलाको नेपाल आगमनले रिलायन्सको चौधरी ग्रुपसँगको व्यावसायिक सम्बन्धको विस्तार तथा समग्र नेपालप्रतिको दीर्घकालीन प्रतिबद्धतालाई थप पुष्टि गर्ने रिलायन्सले जनाएको छ।

सन् २०२२ मा क्याम्पा कोला ब्रान्ड खरिद गरेर सन् २०२३ मा यसको व्यावसायिक उत्पादन पुनः सुरु गरेपश्चात् रिलायन्सले भारतीय विरासत बोकेको यस हेरिटेज ब्राण्डलाई फेरि एकपटक लोकप्रिय कोल्ड ड्रिंक ब्रान्डका रुपमा स्थापित गर्न सफल भएको छ। हाल क्याम्पा कोला भारतको प्रतिस्पर्धी कोल्ड ड्रिंक ब्रान्ड हो।

  • Clock icon
    २०८२ असार ३०, सोमबार १९:०२