प्रधानमन्त्रीसंगै अन्य स्पेन पठाउने गिरोहमाथि अनुसन्धान गर्न गृहमन्त्रीको निर्देशन

  • Clock icon
    २०८२ असार ३०, सोमबार २३:५७

नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएको स्पेनको कार्यक्रममा पठाउने गिरोहमाथि अनुसन्धान गर्न निर्देशन दिएका छन्। प्रधानमन्त्री सहभागी भएको स्पेनको कार्यक्रममा अन्य नेपालीलाई पनि लगिएको र उनीहरू नफर्किएको राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले आरोप लगाएकी छन्। त्यसै आधारलाई मध्यनजर गरी यदि त्यस्तो भएको रहेछ भने अनुसन्धान गरेर भएको के हो बाहिर जानकारी ल्याउने बताएका छन् ।