मञ्जुश्री फाइनान्सले विभिन्न संघ–संस्थालाई सहयोग गरेको छ । फाइनान्सले बुटवल शाखाबाट सुरु गरेको सहयोग कार्यक्रम, वीरगन्ज, पोखरा, मुर्गिया, इटहरी, धरानसम्म पुगेको थियो ।
यसअन्तर्गत फाइनान्सले शिक्षा, स्वास्थ्य तथा बालगृहलगायतका विभिन्न क्षेत्रमा काम गरिरहेका संघ–संस्थालाई सहयोग गरेको हो । फाइनान्सको पोखरा शाखाले अमोर बालगृहलाई एक लाख रुपैयाँबराबरको दैनिक आवश्यकताका सामग्री प्रदान गरेको छ भने मुर्गिया शाखा, रुपन्देहीले भने सैनामैना नगरपालिका मुर्गियास्थित परोहा बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्यनरत विद्यार्थीलाई आवश्यक पुस्तक वितरण गरेको छ । धरान शाखाले पनि धरानस्थित श्री पञ्चकन्या माध्यमिक विद्यालय तथा श्री सावित्री माध्यमिक विद्यालयलाई पाठ्यक्रमका सामग्री वितरण गरेको छ । त्यस्तै, बुटवल शाखाले रक्तदान र नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
मञ्जुश्री फाइनान्सको पछिल्लो समय संस्थागत सामाजिक उत्तरदायीत्व (सिएसआर ) अन्तर्गत सहयोग गर्ने अग्रपङ्क्तिमा नाम आउने गर्दछ । यस लगायत फाइनान्सले डिजिटल माध्यमलाई समेत बढवा दिंदै आइरहेको छ ।