सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा सशस्त्र प्रहरीबल हल्चोकलाई उद्दार सामाग्री सहयोग

  • Clock icon
    २०८२ असार ३१, मंगलवार ०३:१९

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सशस्त्र प्रहरीबल हल्चोक नेपाललाई उद्धार सामग्री हस्तान्तरण गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले एक कार्यक्रमकाबीच सशस्त्र प्रहरीलाई अत्यावश्यक उद्धार सामग्रीहरू हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रममा सशस्त्र प्रहरी बल हलचोकका बरिष्ठ प्रहरी अधिकृत तथा कम्पनिका बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत कवी फुयाल र प्रमुख बजार अधिकृत गणेश चौलागाई समेतको उपस्थितिमा उक्त हस्तान्तरण कार्यक्रम सम्पन्न रहेको थियो ।

इन्स्योरेन्सले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत सामाग्री सहयोग गरेको हो ।