नेपाल – चाइना चेम्बर अफ कमर्शले रसुवामा आएको बाढीले चीनतर्फ रहेका नेपालीलाइ सहजै फर्काउन सरकारले कदम चाल्नुपर्ने माग गरेको छ ।
रसुवा चेम्बर अफ कमर्शले आज मंगलबार नेपाल चाइना चेम्बर अफ कमर्शलाई व्यापारका लागि चीनिया क्षेत्रमा गएका नेपाली व्यवसायी अलपत्र परेकाले अभियान लिन गरेको आग्रह गरेको छ ।
सो आग्रहलाई नेपाल चाइना चेम्बर अफ कमर्शका अध्यक्ष त्रिभुवनधर तुलाधरले नेपाल सरकारलाई मितेरी पुल बाढीले भत्काउदा चीनतर्फ रहेका व्यवसायीसँगै अलपत्र रहेका नेपालीको उद्धार गर्न सचेत गराउनुभएको छ ।
नेपाल सरकारले उता समस्यामा रहेका नेपालीलाई सहज रुपमा फर्काउन कदम चाल्दा नेपाल चाइना चेम्बर अफ कमर्शको सहयोग रहने उहाँले प्रतिबद्धता समेत जनाउनुभयो ।
व्यवसाय तथा रोजगारीका लागि चीनिया क्षेत्रमा गएका नेपालीमध्ये बाढीले चीनिया क्षेत्रमा अलपत्र परेका मध्ये ३५ जना नेपालीलाई चाइनिज सरकारले खान बस्नको व्यवस्था मिलाएको छ । यस्तै ९१ जना ड्राइभरले आफै खर्च गरेर बस्नुपर्ने स्थिती रहेकाले चाडै नेपाल फर्काउन उनिहरुले माग गरेका हुन् । त्यहा प्रहरीलाई अनुरोध गर्दा अधिकांश खान र बस्न पाएका छन् ।
गत मंगलबार रसुवागढीमा आएको बाढीले ११ जनाको मृत्यु भएको छ भने १९ जना अहिलेसम्म वेपत्ता भएका छन् । रसुवा बाढी व्यवस्थापनमा नेपाल सरकार, प्रहरी, नेपाली सेना एंव स्थानियबासी जुटिरहेका छन् ।
यो पनि पढ्नुहोस् :