आर्थिक वृद्धिका लागि पर्यटनको महत्वपूर्ण योगदान रहेको छ । पर्यटन बढाउनका लागि होटलको व्यवस्थापनमा सुधार हुनुपर्ने आवश्यकता छ । व्यवस्थापनका लागि होटलमा कार्यरत मावन संशाधनको विकास हुनुपर्छ ।
जसका लागि होटलमा हुने कर्मचारीको योग्यता, विभिन्न क्षेत्रमा कार्य गर्नसक्ने कर्मचारीको बढावासँगै मानव संसाधनका लागि नेपाल होटल संघ (हान) लागेको छ ।
हानले काठमार्डौमा आज गरेको एचआर मिट २०२५ कार्यक्रममा संघका अध्यक्ष विनायक शाहले नेपालका होटलहरुले ३६ लाख पर्यटकलाई सेवा दिन सक्ने भएकाले होटल क्षेत्रमा सीपमुलक व्यक्ति आवश्यकतामा जोड दिनुभयो ।
कार्यक्रममा सीटीईभीटीका सदस्य सचिव महेश भट्टराईले होटल लगायत आर्थिक क्षेत्रमा सीपयुक्त व्यक्तिको खाँचो पर्ने भएकाले सबैलाई नयाँ प्रविधियुुक्त तालिम दिनुपर्ने उल्लेख गर्नुभयो ।