एमालेमा आफ्नो जिम्मेवारी पार्टीले निर्धारण गर्ने पूर्वराष्ट्रपति भण्डारीको दाबी

  • Clock icon
    २०८२ असार ३१, मंगलवार १७:३५
विद्या

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको विधान महाधिवेशनमा आफ्नो उपस्थित कुन रुपमा हुने भन्ने निर्णय पार्टीको केन्द्रीय कमिटीले गर्ने दाबी गर्नुभएको छ ।

मदन भण्डारी फाउन्डेसनले उहाँको जन्म ७५औं जयन्ती मनाउने मनाउने विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भन्नुभयो, ‘ुमेरो उपस्थिति उहाँहरूले कसरी गराउनुहुन्छ केन्द्रीय कमिटीले निर्णय गर्ने कुरा हो। प्रतिनिधि वा आमन्त्रित सदस्यको रुपमा केमा बोलाउनुहुन्छ ।’

उहाँले यसअघि नै एमाले पार्टीमा सक्रिय रहने जानकारी दिइसक्नुभएको छ ।

  • Clock icon
    २०८२ असार ३१, मंगलवार १७:३५