नागरिक लगानी कोषद्वारा सञ्चालित उपदान तथा पेन्सन योजनामा नेसनल लघुवित्त आबद्ध भएको छ ।
यस अनुसार लघुवित्तमा आबद्ध करिब ६ सय कर्मचारी उक्त योजनामा आबद्ध हुनेछन् । जसमा नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र लघुवित्तका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवबिच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । कोषको यस उपदान तथा पेन्सन योजनामा संगठित संस्था तथा त्यहाँ कार्यरत कर्मचारीहरू योगदान वा गैरयोगदानमा आधारित ढाँचामा आबद्ध हुन सक्नेछन् । पछिल्लो समय नागरिक लगानी कोषको यस योजनामा धेरैको रुचि बढेको पाइएको छ । जसमा धेरै संस्थाहरुको आबद्धता रहेको छ ।
सोही व्यवस्थाअनुसार ‘घ’ वर्गको राष्ट्रिय स्तरको उक्त लघुवित्त कोषको उपदान योजनामा आबद्ध भएको हो।
लघुवित्तले हाल देशभर १८५ शाखामार्फत ७४ जिल्लामा २ लाख ४१ हजार घर परिवारमा लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ।