मञ्जुश्री फाइनान्सले मुनलाइट सेकेन्डरी स्कुललाई एक लाख ८६ हजार रुपैयाँबराबरको छात्रवृत्ति रकम प्रदान गरेको छ । फाइनान्सले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अनन्त सेवा आश्रममार्फत उक्त सहयोग गरेको हो । फाइनान्सका चिफ बिजनेस अफिसर गणेश खत्रीले आश्रमका प्रमुख कार्यकारी अधिकृत उदय राजभाट तथा मुनलाइट स्कुलका प्रधानाध्यापक ईश्वर गुरुङलाई सो रकमको चेक हस्तान्तरण गरेका हुन् । फाइनान्सले सोही विद्यालयमा अध्ययनरत दुई छात्रालाई छात्रवृत्ति प्रदान गरेको छ ।