इन्टरनेट सेवाप्रदायक संस्था वल्र्डलिंक कम्युनिकेसन्स दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौं गोर्खाज क्रिकेट टोलीको शीर्ष प्रायोजक बन्ने भएको छ ।
दुवै पक्षबिच भएको सम्झौतामा वल्र्डलिंकका कार्यकारी निर्देशक मनोजकुमार अग्रवाल र काठमाडौं गोर्खाजका प्रबन्ध निर्देशक अनुभव स्वाँर सिरोहियाले हस्ताक्षर गरका हुन् ।