को हुन – सरकारको नजरमा नेपालका महत्वपूर्ण व्यावसायिक व्यक्ति तथा संस्थाहरू

  • Clock icon
    २०८२ श्रावण १, बिहीबार ०२:५५
नेपालका व्यवसायीहरू

नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मुलुकको निर्यात, रोजगारी, लगानी प्रवद्र्धन र व्यवसाय विकासमा उल्लेखनीय योगदान पुर्याउने ३० व्यावसायिक कम्पनी तथा संस्थालाई ‘महत्वपूर्ण व्यावसायिक व्यक्ति ‘CIP’ सम्मान प्रदान गरेको छ।

बुधबार राजधानीमा आयोजित एक विशेष समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘CIP’ सम्मान वितरण गर्नुभयो। नेपाल उद्योग वाणिज्य महासंघको सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा २१ कम्पनी तथा व्यवसायिक फर्म र निजी क्षेत्रका ९ प्रतिनिधिमूलक संस्थालाई सम्मानित गरिएको हो।

मानार्थ सम्मान पाउनेमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल, र नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष राजेश कुमार अग्रवाल रहेका छन्। यिनीहरूलाई निर्यात व्यापार र वाणिज्य प्रवद्र्धनमा योगदानका आधारमा सम्मान गरिएको हो।

यस्तै, हस्तकला महासंघ, निर्यात व्यवसायी महासंघ, नेपाल छुर्र्पी व्यवसायी संघ, नेपाल गलैंचा उत्पादक तथा निकासी संघ, नेपाल तयारी पोशाक संघ, र नेपाल ऊनी फेल्ट संघका अध्यक्षलाई समेत मानार्थ ‘CIP’ सम्मान प्रदान गरिएको छ। कुल तीस व्यवसायिक व्यक्ति र संस्थालाई सम्मान प्रदान गरिएको थियो ।

फोटो ; प्रदीपराज वन्त