आज साउन १ गते बिहीबार देशभर विभिन्न स्थानमा वर्षा जारी रहने प्रक्षेपण मौसम पूर्वानुुमान महाशाखाले गरेको छ।
महाशाखाले बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार,
आज दिनमा बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। देशका उच्च-पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षारहिमपातको सम्भावना छ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ।
आज रातमा कोसी प्रदेश र मधेस प्रदेशलगायत देशका पहाडी भूभागको थोरै स्थान तथा बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान हल्कादेखि मध्यम वर्षा हिमपातको सम्भावना छ।
सबैले सचर्कता अपनाउन आवश्यक छ ।