प्रभु इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज साउन १ गते अन्तिम दिन रहेको छ। कम्पनीले साधारणसभा प्रयोजनको लागि साउन २ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज साउन १ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
कम्पनीले साउन २३ गते साधारणसभा बोलाएको छ। कम्पनीले आ.ब. २०८०/०८१ को मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजीको १८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.९४७४ प्रतिशत नगद लाभांश गरि कुल १८.९४७४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। साधारण सभाबाट पारित गरे पश्चात उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ।
त्यस्तै कम्पनीले १८ प्रतिशत बोनस पश्चात कायम हुने चुक्ता पुँजीको ४७ प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पनि गरेको छ। यो विशेष प्रस्ताव कम्पनीको आगामी साधारणसभामा पेश हुने छ।