नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच वार्ता भएको छ।
केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारसँग असन्तुष्ट शेखर आफैं प्रमुख प्रतिपक्षी दलका नेता दाहालसँग वार्ताका लागि खुमलटार पुग्नुभएको हो ।
दुईजनाबीच पछिल्लो समसामयिक राजनीतिक विषयमा प्रचण्ड निवास खुमलटारमा दुई घण्टा लामो छलफल भएको हो ।
कांग्रेस–एमाले सरकार गठन भएको एक वर्ष पुगिरहँदा कांग्रेसका एकजना नेता कोइराला प्रमुख प्रतिपक्षीकहाँ पुग्नुभएको हो। शेखरले यसअघि पनि सार्वजनिक रुपमै सरकारको कडा आलोचना गर्दै आउनुभएको छ ।
दुईतिहाइ नजिकको सरकार भए पनि जनताका अपेक्षा पूरा गर्न नसकेको भन्दै शेखर विकल्पको खोजीमा लाग्नुभएको छ ।
के कांग्रेस र माओवदीबीच सरकार बन्छ ? भन्ने प्रश्न यो भेटले गरेको छ ।