साफ यू-२० महिला च्याम्पियनसिप : आज भुटानसँग दोस्रोपटक भिड्दै नेपाल

बंगलादेशमा जारी दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू-२० महिला च्याम्पियनसिपमा नेपाल आज शनिबार भुटानसँग भिड्दै छ।

खेल बंगलादेशको ढाकास्थित किङ्स एरेनामा नेपाली समयअनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ।

जारी प्रतियोगितामा नेपाल भुटानसँग दोस्रोपटक प्रतिस्पर्धा गर्न लागेको हो।

पहिलो खेलमा नेपालले भुटानलाई ६-१ गोलले हराएको थियो।

प्रतियोगितमा नेपालसहित आयोजक बंगलादेश, भुटान र श्रीलंका सहभागी छन्।

खेल डलब राउन्ड रोबिनका आधारमा भइरहेको छ।

‍नेपालले श्रीलंकालाई दुवै खेलमा ७ ० गोलले हराएको थियो।

आयोजक राष्ट्र बंगलादेशसँग पहिलो खेलमा भने नेपाल ३-२ गोलले हारेको थियो।

नेपाल फेरि सोमबार बंगलादेशसँग भिड्नेछ।

नेपालले ४ खेलबाट ९ अंक बनाएको छ।

घरेलु टोली बंगलादेशले ३ खेलबाट ९ अंक बटुलेको छ।

सबै खेल सकिएपछि शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ।