आज पनि मुलकका विभिन्न स्थानमा वर्षाको सम्भावना : बढी सतर्कता रहनुपर्ने

आज श्रावण ३ गते शनिबार । मुलुकका विभिन्न स्थानमा ठूलो वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार,

आज दिनमा-कोसी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षार हिमपातको सम्भावना छ।

आज रातमा-देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। कोसी प्रदेशका धेरै स्थान, मधेस प्रदेशलगायत बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश र गण्डकी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हिमपातको सम्भावना छ।
त्यसैले सबैजना सचेत रहनुपर्ने महाशाखाले जनाएको छ ।