पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेमा फर्किनु जबजविरोधी रहेको डा. बाबुरामको दाबी

baburam bhattari

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) अध्यक्ष बाबुराम भट्टराईले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेमा फर्किनु ठिक नहुने उल्लेख गर्नुभएको छ ।
उहाँले आज शनिबार विज्ञप्ति निकाल्दै पूर्वराष्ट्रपति भण्डारी तथा पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन आफ्ना मातृ पार्टीमा पुन आबद्ध र क्रियाशील हुनु संघीय लोकतान्त्रिक गणतन्त्रको स्वास्थ्य, मर्यादा र दिगोपनकालागि नै गम्भीर विषय भएको टिप्पणी गर्नुभएको हो ।

त्यसमा पनि पूर्वराष्ट्रति भण्डारी जनताको बहुदलिय जनवाद (जबज)कै रक्षा निम्ति पुरानो पार्टीमा फर्किन लागेको हो भने त त्यो जबजको स्पिरिटविरोधी कुरा हुने र त्यसले एमाले र समग्र कम्युनिस्ट आन्दोलनकै लागि अन्योल सिर्जना गर्ने दाबी पूर्व प्रधानमन्त्री भट्टराईले गर्नुभएको छ ।

उहाँहरूमा पुरानै शैलीको एकल-दलीय राज्य (पार्टी स्टेट) को धङधङी कायम रहेको हो भने त्यो सही र उपयुक्त हुन्न। झन् ुजबजको रक्षा निम्ति पुरानो पार्टीमा फर्कन लागेकोु भन्ने पूर्वराष्ट्रपतिको मिडियामा आएको भनाइ सत्य हो भने त त्यो आफैँमा ुजबजुको स्पिरिटविरोधी कुरा हुन्छ। त्यसले एमाले र समग्र कम्युनिस्ट आन्दोलनको अग्रगामी रूपान्तरणमा अन्योल र संशय मात्र बढाउँछ। त्यसरी नै पूर्वउपराष्ट्रपतिको कदमले माओवादीको रूपान्तरणमा योगदान हैन, नोक्सान गर्न सक्छ।’ बाबुरामको भनाई छ ।