साफ यु-२० महिला च्याम्पियनसिप : भुटानसँगको खेलमा नेपालको सानदार जित

मिना देउवा र पूर्णिमा राईको ह्याट्रिकमा नेपालले साफ यु-२० महिला च्याम्पियनसिपमा निरिह भुटानलाई ८-० गोल अन्तरले हराएको छ।

नेपालको यो चौथो जित हो। ५ खेलमा नेपालले १२ अंक बनाएको छ। उपाधिको लागि अब बंगलादेश विरूद्धको खेल निर्णायक हुनेछ।

बंगलादेशमा भएको खेलमा पूर्णिमा र मिनाले ह्याट्रिकको सफलता प्राप्त गरे। समिक्षा मगर र कुसुम खतिवडाले एक एक गोल गरे।

नेपालले खेल सुरु भएको ४४ औं सेकेन्डमा नै अग्रता बनायो। सरिता कुमारी नाथको क्रसलाई भुटानकी डिफेन्डरले ब्लक गरेपनि मिनाले बललाई सही दिशा दिइन्। नवौं मिनेटमा नेपालले अग्रता दुगुना गर्यो।

समिक्षाले हानेको लामो‌ प्रहार क्रसमबारमा लागेर आएको बल भुटानकी गोल किपरलाई लाग्दै गोलमा परिणत भयो।

१२ औं मिनेटमा नेपालले तेस्रो गोल गर्यो। शुक्रिया मियाले हानेको प्रहारलाई भुटानकी गोल किपरले रोकेपनि रिबाउन्डमा ६ यार्ड बक्स भित्रबाट मिनाले हानेको लेफ्ट फुटेट सटले जाली चुम्यो।

गोलको वर्षा भएको खेलको २३ औं मिनेटमा मिनाको पासमा पूर्णिमाले क्लोज रेन्जबाट गोल गरिन्। नेपालले ४-० को अग्रता बनायो।

इन्ज्युरी समयको पहिलो मिनेटमा सरिताको फ्रि(किकमा गोल किपरले मिस जज गर्दा पूर्णिमाको हेडर‌ गोलमा परिणत भयो।

पहिलो हाफ कै इन्ज्युरी समयको अन्तिम मिनेटमा डिफेन्डरलाई छलाउँदै पूर्णिमाले उत्कृष्ट गोल गरिन्। यो सँगै उनले ह्याट्रिक पुरा गरिन्। पहिलो हाफमा नेपालले ६(० को अग्रता बनाएको थियो।‌

दोस्रो हाफमा दुई मिनेटभित्र नेपालले दुई गोल गर्यो। ६३ औं मिनेटमा शुक्रियाको पासमा कुसुमले गोल गरिन्। लगतै ६४ औं मिनेटमा शुक्रियाको पासमा मिनाले व्यक्तिगत तेस्रो गोल गरिन्। नेपाल ८-० को फराकिलो अन्तरको जित निकाल्न सफल रहयो।

नेपालले सोमवार बंगलादेशसँग खेल्नेछ। त्यो खेलले उपाधिकि निर्णय हुनेछ। नेपालले श्रीलंका र भुटान दुबैलाई दुई पटक हराएको छ ।

भुटानलाई नेपालले पहिलो खेलमा ६ १ ले माथ दिएको थियो। आयोजक बंगलादेशसँगको खेलम ३-२ गुमाएको नेपालले श्रीलंकालाई दुबै खेल समान ७- ले हराएको थियो