नेपाल सरकारका उपप्रधान एवं शहरी विकास मन्त्री समेत रहेका नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले पार्टीका नेता कार्यकर्ताहरूले आफूलाई अबको पार्टी सभापतिका रुपमा हेर्न चाहेको बताएका छन् ।
आफू सामान्य कार्यकर्ता हुँदै काम गर्दै आएको, सभापतिमा पनि एक पटक प्रतिस्पर्धा गरिसकेको, प्रधानमन्त्री र सभापति बाहेक सबै पदमा काम गरिसकेको, नेता कार्यकर्ताले पनि सभापति नै बन्न भनिरहेको लगायतका विषय उनले उजागर गरेका छन् ।
‘नेपाली कांग्रेस पार्टीमा सामान्य कार्यकर्ता हुँदै तलैदेखि काम गरेर आएको हुँ । काठमाडौं जिल्ला सभापति, केन्द्रीय सदस्य, निर्वाचित महामन्त्री भएँ । उपसभापति भएँ । सभापतिमा पनि प्रतिस्पर्धा गरिसकेँ,’ सिंहले भनेका छन्, ‘पार्टीमा सभापति र सरकारमा प्रधानमन्त्री बाहेक अरु जिम्मेवारीमा रहेर काम गरिसकेको छु ।
अब मेरो दाबेदारी पार्टीभित्र कुन पदमा अनुमान गर्न आग्रह समेत गरेका छन् नेपाली काग्रेसको महाधिवेशनको मिति नजिक आउँदै गर्दा अबको सभापति को हुने भन्ने विषयमा बहस चल्दै आइरहेको छ ।
तस्बिर : राइजिङ नेपाल
बनावट : एआई