आजपनि विभिन्न स्थानमा भारी वर्षा हुने भएकाले सतर्कताको विकल्प छैन

आज साउन ५ गते सोमबार पनि देशभर मौसम बदली र विभिन्न स्थानमा वर्षा हुने क्रम जारी रहने भएको छ।

मौसम महाशाखाले बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार केही ठाउँमा ठूलो वर्षाको सम्भावना पनि छ।

मौसम महाशाखाले जारी गरेको बुलेटिन अनुसार विभिन्न स्थानमा वर्षासँगै पहिलो हुने भएकाले सतर्कता अपनाउनुपर्छ ।

आज दिनमा : लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हिमपातको सम्भावना छ।

आज रातमा : कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

गण्डकी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षारहिमपातको सम्भावना छ।