कालीमाटी तरकारी बजार विकास समितिले आज सोमबारका लागि तरकारी तथा फलफूलहरुको थोक मूल्यसूची सार्वजनिक गरेको छ।
कालीमाटीमा आज गोलभेँडा, प्याज, बोडी, भन्टा, घिरौँलासहितका तरकारीको मूल्य घटेको छ। तर, भिन्डी, परबलसहितका कतिपय तरकारी भने महँगिएका छन्।
कतिपय तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ।
कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडा ६०, सानो लोकल गोलभेँडा २९, रातो आलु ४४, सुकेको भारतीय प्याज ३९, लोकल गाँजर ९५, लोकल बन्दा ३१, स्थानीय काउली ६५, हाइब्रिड सेतो मुला २५, लाम्चो भन्टा १५, डल्ले भन्टा ३५, तने बोडी २०, मकै बोडी ५५ रुपैयाँ प्रतिकिलो छ।
त्यसैगरि करेला १५, लौका १८, तराईको परबल ३५, घिरौँला २७, झिँगुनी ४५, हरियो फर्सी डल्लो ३१, पाकेको फर्सी ४५, भिन्डी ३५, कन्य च्याउ १३५, डल्ले च्याउ ३२५, ब्रोकाउली ८० रुपैयाँ प्रतिकिलो छ।
थोकमा किनबेच भइरहेको यो सबै औसत मूल्य हो।
कालीमाटीमा हिजो ठूलो नेपाली गोलभेँडा ६५, सानो लोकल गोलभेँडा २३, टनेलको गोलभेँडा ३०, रातो आलु ४४, सुकेको भारतीय प्याज ४१, लोकल गाँजर ९५, बन्दा २९, स्थानीय काउली ६०, हाइब्रिड सेतो मुला २६, लाम्चो भन्टा २१, डल्ले भन्टा ३७, तने बोडी २३, मकै बोडी ५५ रुपैयाँ प्रतिकिलो थियो।
त्यसैगरि करेला १५, लौका २०, तराईको परबल ३०, घिरौँला ३१, झिँगुनी ४३, हरियो फर्सी डल्लो ३५, पाकेको फर्सी ४५, भिन्डी २८, कन्य च्याउ ४५, डल्ले च्याउ ३४०, ब्रोकाउली ७० रुपैयाँ प्रतिकिलो थियो।