मध्यरातदेखि काठमाडौँमा वर्षा जारी

काठमाडौँ उपत्यकामा अहिले पानी परिरहेको छ।

मौसम पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकामा मध्यरातदेखि आज मंगलबार अहिलेसम्म हल्का वर्षा भइरहेको जनाएको छ ।

‘उपत्यकाका आधाजसो ठाउँमा हल्का वर्षा भइरहेको छ।

काठमाडौंसँगै सन्धुपाल्चोक, नुवाकोट, झापा, ताप्लेजुङ, संखुवासभा, तनहुँ, प्युठानलगायत जिल्लामा पनि अहिले वर्षा भइरहेको छ।

‘पानी पार्ने प्रणाली दक्षिण पश्चिम सरिरहेको छ जसका कारण केहि समयपछि काठमाडौँ उपत्यकामा वर्षा कम हुँदै मौसममा सुधार हुने छ ।

मौसम महाशाखाले पनि आज मंगलबार बिहान ५:२० बजे सूचना जारी गर्दै भनेको छ, ‘गएको १२ घण्टामा कोसी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पानी परेको छ।