आज पनि देशका विभिन्न स्थानमा भारी वर्षा : सचेतना अपनाउनुपर्ने

आज साउन ६ गते मंगलबार दिउँसो तथा राति पनि देशका विभिन्न स्थानमा पानी पर्ने क्रम जारी रहने प्रक्षेपण मौसम पूर्वानुमान महाशाखाले गरेको छ।

महाशाखाले बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार,

आज दिनमा-कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

आज रातमा-कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

त्यसैले सबैले सचेतना हुनुपर्ने देखिन्छ ।