नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ।
आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको राष्ट्र बैंकले जनाएको छ।
हिजो अधिकांश विदेशी मुद्राको मूल्य घट्दा बहराइन दिनारको मूल्य भने थोरै बढेको थियो।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३७ रुपैयाँ ७८ पैसा र बिक्रीदर १३८ रुपैयाँ ३८ पैसा छ। हिजो र अस्ती स्थिर रहेको अमेरिकी डलरको मूल्य आज बढेको हो।
हिजो आज अमेरिकी डलर १ को खरिददर १३७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १३८ रुपैयाँ १४ पैसा थियो।
गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो।
त्यसैगरि आज युरो एकको खरिददर १६० रुपैयाँ ६७ र बिक्रीदर १६१ रुपैयाँ ३७ पैसा छ। हिजो युरो एकको खरिददर १५९ रुपैयाँ ९० र बिक्रीदर १६० रुपैयाँ ६० पैसा थियो।
त्यस्तै आज पाउन्ड एकको खरिददर १८५ रुपैयाँ ५३ र बिक्रीदर १८६ रुपैयाँ ३४ पैसा छ। हिजो पाउन्ड एकको खरिददर १८४ रुपैयाँ ४२ र बिक्रीदर १८५ रुपैयाँ २३ पैसा थियो।
त्यसैगरि आज अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ८० पैसा र बिक्रीदर ९० रुपैयाँ १९ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ५४ पैसा र बिक्रीदर ८९ रुपैयाँ ९३ पैसा थियो।
त्यसैगरि कुबेती दिनार एकको खरिददर ४५१ रुपैयाँ ०७ पैसा र बिक्रीदर ४५३ रुपैयाँ ०४ पैसा छ। हिजो कुबेती दिनार एकको खरिददर ४४९ रुपैयाँ ८३ पैसा र बिक्रीदर ४५१ रुपैयाँ ७९ पैसा थियो।
आज बहराइन दिनार एकको खरिददर ३६३ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ०५ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर ३६४ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३६६ रुपैयाँ ४२ पैसा थियो।