चीनको राजधानी – नेपाल र चीनबीच मैत्रीपूर्ण सम्बन्धबारे छलफल

चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रको राजधानी ल्हासामा नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउनेबारे छलफल भएको छ । ल्हासास्थित नेपाली महावाणिज्यूतावासमा भएको कुराकानीमा नेपाल–चीन सम्बन्धका विविध पक्षहरूमा कुराकानी भएको हो ।

सिजाङ अध्यागमन निरीक्षण कार्यालयका महानिर्देशक वान सिहोङले महावाणिज्यदूतावास पुगेर नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलासँग गर्नुभएको भेटवार्तामा कुराकानी भएको हो ।

भेटमा विशेषगरी सीमा तथा आप्रवासन व्यवस्थापन, रसुवामा आएको हालैको बाढीको असर तथा सहयोगका उपायहरूबारे विस्तृत विचार विमर्श भएको महावाणिज्यदूतावासले जनाएको छ ।