नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीलाई पुन: अध्यक्ष बनाउनु पर्ने माग गर्दै केन्द्रीय सदस्यहरूबीच प्रतिस्पर्धा देखिएको छ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा फर्किने संकेत दिएपछि बैठकमा उनको भूमिकाबारे छलफल चर्किएको छ। धेरै सदस्यहरूले ओलीलाई निरन्तर नेतृत्व दिनु पर्ने र भण्डारीलाई पार्टीमा रोक्नुपर्ने धारणा व्यक्त गरेका छन्। विद्यालाई रोक्ने दाउमा ओली खुल्लमखुल्ला लागिरहेका छन् ।