आफू अघि बढिसकेँ, खुट्टा नकमाउने पूर्वराष्ट्रपति विद्यादेवीको दाबी

विद्या

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू एमालेको सक्रिय राजनीतिमा आइसकेको भन्दै पछि नहट्ने दाबी गर्नुभएको छ ।

मंगलाबार आफ्नै निवास भंगालमा पत्रकारहरुसँग कुरा गर्दै भण्डारीले आफू अघि बढिसकेको र अब खुट्टा कमाउने स्थितिमा नरहेको स्पष्ट पार्नुभएको छ । । ‘म अघि बढिसके, खुट्टा कमाउदिनँ’, उहाँले भन्नुभयो ।

भण्डारीले महाधिवेशन नआई नेतृत्वको बहस गराएर कार्यकर्ता विभाजित गर्न खोजिएको समेत बताउनुभयो। जिल्ला र प्रदेशदेखि नै ग्रुपिजम गरेर कार्यकर्तालाई आतंकित पार्ने र बोल्न नदिने प्रयास भइरहेको उहाको भनाइ छ । ‘बरु मेरो पक्षमा बोल्नेहरुलाई आतंकित पार्न खोजिदैछ, यस्तो बन्द गर्नुपर्छ’, उहाँले भन्नुभयो ।