देशको अभिभावक भएको राष्ट्रपति पार्टी सदस्य बन्न नमिल्ने एमाले केन्द्रीय कमिटी बैठकको निष्कर्ष

नेकपा एमालेको नवौँ केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्कन नमिल्ने निष्कर्ष निकालेको छ ।

दुई दिनसम्म भएको बैठकले राष्ट्रपतिजस्तो राष्ट्रको अभिभावकीय पदमा पुगेको व्यक्ति पुनः सक्रिय राजनीतिमा फर्कन नहुने निष्कर्ष निकालेको एमालेले जनाएको छ ।

राष्ट्रपति पद राष्ट्रको अभिभावकीय भूमिका बोकेको संवैधानिक ओहदा भएकाले त्यसपछिको राजनीतिक पुनस्सक्रियता संस्थागत मर्यादाविपरीत हुने निष्कर्षमा बैठक पुगेको हो ।

ुराष्ट्राध्यक्षजस्तो उच्च पदमा पुगेको व्यक्तिलाई तल ल्याएर काम लगाउने कुरा उहाँप्रतिको पनि अपमान हुन सक्छ भन्ने भावना बैठकमा व्यक्त भयोु, एमालेका एक नेताले जानकारी दिए ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीको सक्रिय राजनीतिमा फर्कने निर्णय गरेपछि पार्टीमा तीव्र बहस छ।

केन्द्रीय कमिटीको बैठकले त्यस बहसलाई टुङ्ग्याएको र आउने अधिवेशनबाट पनि वर्तमान पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नै अध्यक्ष बनाउने निश्चितजस्तै गरेको संस्थापन पक्षको दाबी छ।