गत आर्थिक वर्षमा ३५ अर्ब २१ लाख रुपैयाँभन्दा बढी स्मार्टफोन आयात

नेपालमा गत आर्थिक वर्ष २०८१-८२ मा नेपालमा साढे ३५ अर्बभन्दा बढीको २१ लाख ८४ हजारभन्दा बढी स्मार्टफोन आयात भएको छ।

भन्सार विभागले हालै जारी गरेको आर्थिक वर्ष २०८१-८२ को समग्र वैदेशिक व्यापारको तथ्यांक अनुसार ३५ अर्ब ५४ करोड ७३ लाख ४२ हजार रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको छ।

भर्खरै सकिएको गत आर्थिक वर्षमा उक्त रकम बराबरको २१ लाख ८४ हजार ६९४ थान स्मार्टफोन आयात भएको हो।

अघिल्लो आर्थिक वर्ष २०८०- ८१ मा २८ अर्ब ६६ करोड ६२ लाख ३५ हजार बराबरको १८ लाख ३९ हजार ३५ थान स्मार्टफोन आयात भएको थियो।

तुलनात्मक रुपमा हेर्दा अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षमा ६ अर्ब ८८ करोड ११ लाख ७ हजार बराबरको ३ लाख ४५ हजार ६५९ थान बढी स्मार्टफोन आयात भएको देखिन्छ।

नेपालमा सबैभन्दा धेरै स्मार्टफोन चीनबाट आउने गरेको छ। गत आर्थिक वर्षमा पनि चीनबाट २४ अर्ब ९१ करोड ४३ लाख ८७ हजार रुपैयाँ बराबरको १७ लाख ५१ हजार ८२३ थान स्मार्टफोन आयात भएको छ।

भारतबाट १० अर्ब ३ करोड २२ लाख ५५ हजार रुपैयाँ बराबरको ४ लाख २४ हजार ८४४ थान स्मार्टफोन आएको भन्सार विभागको तथ्याङ्कमा देखिन्छ।