बुधबार नेपाली बजारमा सुनको मूल्यमा एकैदिन रेकर्ड तोड्ने गरी तीव्र वृद्धि भएको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला २,१०० रुपैयाँले वृद्धि भई हालसम्मकै उच्च मूल्यमा पुगेको हो।
महासंघले प्रकाशित गरेको नयाँ दरअनुसार बुधबारको दिन होलमार्क सुन प्रतितोला रु १,९७,६०० मा कारोबार भइरहेको छ। मंगलबारसम्म सुनको मूल्य रु १,९५,५०० मा सीमित रहेकोमा, आजको वृद्धिले नयाँ आर्थिक दबाब सिर्जना गरेको हो।
त्यस्तै, तेजावी सुन को मूल्य प्रतितोला रु १,९६,९५० मा पुगेको छ।
सुनसँगै चाँदीको मूल्यमा समेत वृद्धि देखिएको छ। बुधबार चाँदी प्रतितोला रु २,३५० मा कारोबार भइरहेको छ, जुन अघिल्लो दिनको मूल्यभन्दा रु २० बढी हो।