ओबामालाई एफबीआईको हतकडी तस्बिर : छेउमै मुस्कुराउँदै ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टुथ सोसलमा एक काल्पनिक एआई भिडियो पोस्ट गर्दै पूर्वराष्ट्रपति बाराक ओबामालाई निशाना बनाएका छन्। भिडियोमा ओबामालाई एफबीआईले हतकडी लगाएर जेल लगिएको देखिन्छ, ट्रम्प भने नजिकै बसेर हाँसिरहेका छन्। ट्रम्पले भिडियोमा “कोही पनि कानुनभन्दा माथि छैन” क्याप्सन लेखेका छन्, तर यो काल्पनिक भिडियोबारे कुनै अस्वीकरण भने दिएका छैनन्। यसले उनीमाथि कडा आलोचना चर्किएको छ। यो घटना २०१६ को चुनावमा ओबामा प्रशासनमाथि ट्रम्प पक्षबाट लगाइएको धाँधलीको आरोप पुन: उचालिँदै गएको सन्दर्भमा आएको हो।