पूर्वराष्ट्रपति विद्या भण्डारीकी छोरी उषाकिरण भण्डारीले नेकपा एमालेले गरेका निर्णयप्रति कतिपयले अच्चम मानेर आफू छक्क परेको प्रतिक्रिया जनाउनुभएको छ ।
एमालेको मंगलबार हिजोरातिसम्म बसेको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी राजनीतिमा आउनबाट रोक्ने निर्णय गरेको थियो।
उषाकिरण मदन भण्डारी फाउन्डेसनकी अध्यक्ष समेत भएकाले उहाँले त्यसप्रति सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै यस्तो निर्णयमा पुग्न तिगडम गरिएको समेत आरोप लगाउनुभएको छ ।
‘तपाईंहरू मध्य कति जना यो निर्णयबाट छक्क पर्नुभएको देखेर म छक्क परें,’ भण्डारीले लेख्नुभएको छ, ‘तपाईंहरू मानव प्रकृतिलाई नहेरी कसरी बाँचिरहनुभएको छरुनिर्णय र निर्णयमा पुग्न गरिएका तिगडम दुवैबाट म चाहीँ अच्चमित छैन।’
उहाँले थप्नुभएको छ, ‘म खुसी छु कि यो खुला रूपमा बाहिर आयो।’
पुष्पलालको परिवारले समेत एमालेमा नैतिक सर्मथन जनाउन किन नचाहेको होला भन्ने आफूलाई पहिले लागे पनि विगत एक महिनादेखि त्यसबारे ज्ञान बोध भएको समेत भण्डारीको भनाइ छ।
‘अनि, आज कमरेड पुष्पलालको स्मृति दिवस पनि रहेछ, कस्तो संयोग,’ उहाँले लेख्नुभयो, ‘मलाई उहिले उहिले लाग्थ्यो किन उहाँको परिवार एमाले मा नैतिक समर्थन गर्न पनि देखिने गरि प्रस्तुत हुँदैन, हामीलाई त आमाले राजनिती गर्न मन छैन भनेपनि सधैं देखिने गरि पार्टीको समर्थनमा उभिनु, नैतिक समर्थन गर्नु, टाढा नजानु भन्नुहुन्छ र सोही अनुरुप कोसिस गरियो।’
भण्डारीले अगाडि लेख्नुभएको छ, ‘तर विगतको एक महिनादेखि मलाई ज्ञान भयो नैतिक समर्थन पनि गर्न नसकिने तहसम्म पनि पुर्याउँदा रहेछन्। र नैतिक समर्थन खोज्दैनन् पनि। यो ज्ञानको बोझ आज यहाँ बिसाउने मौका यो प्रकरणले दियो। त्यस कारण यो प्रकरणलाई धन्यवाद।’