राष्ट्रिय रोजगार प्रबर्द्धन कार्यक्रमलाई सरकारले अघि बढाएको प्रधानमन्त्री ओलीको दाबी

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रमलाई अघि बढाएको बताउनुभएको छ । प्रतिनिधिसभाको आज बुधबारको बैठकमा प्रश्नोत्तर कार्यक्रममा माओवादीका सांसद माधव सापकोटाले सोधेको प्रश्नको जवाफ दिँदै उहाँले रोजगारको पहिलो विकल्प विदेश रहेकोले नेपालमा रोजगारीको कार्यक्रम अघि बढाएको दाबी गर्नुभयो ।

‘राष्ट्रिय परीक्षा बोर्डका अनुसार हालैको एसईईमा ५ लाख २२ हजार र कक्षा १२ मा ५ लाख ११ हजार विद्यार्थी सहभागी भए, उनीहरूको औसत उमेर १६ देखि १८ वर्ष छ। उनीहरूमध्ये अधिकांशको मिल्दासम्म अध्ययन तथा रोजगारको पहिलो विकल्प विदेश रहेको विभिन्‍न अध्ययन तथा तथ्यांकले देखाएको छ,’ सापकोटाले भन्नुभयो,आर्थिक वर्ष २०८१र८२ मा १ लाख २० हजार ८ सय ८८ जना विद्यार्थीले ल्इऋ लिए भने वैदेशिक रोजगार विभागका अनुसार सोही अवधिमा ८ लाख ३० हजारभन्दा बढी नेपाली विदेश रोजगारीमा गएका छन्। खुला सीमा हुँदै गएकाको संख्या समेटिएको छैन। बाहिरिनेहरूमा युवाको बाहुल्यता छ। देशको भविष्य मानिने यति ठूलो संख्याका युवाहरू वैदेशिक प्रवृत्तिलाई निरुत्साहित गर्दै, ‘देशमै सम्भावना छु भन्‍ने अनुभूति दिलाउन वर्तमान सरकारका के कस्ता योजनाहरू छन् र आउँछन्रु गतवर्ष प्रधानमन्त्री रोजगार कार्यक्रममा जोडिन ४ लाख ५० हजार महिलासहित ७ लाख ५७ हजार जनाले नाम दर्ता गराएका थिए।

बेरोजगारहरूका लागि रोजगारी सिर्जनाको थालनीबारे सरकारको योजना के छ ?

जवाफमा प्रधानमन्त्री ओलीले भन्नुभयो,सरकारको प्राथमिकता स्वदेशमै रोजगारीको अवसर सिर्जना गरी युवालाई देशमै रोक्नु र वैदेशिक रोजगारीबाट फर्किएकाहरूलाई उनीहरुको पुँजी, सीप र अनुभवलाई उत्पादनमुलक क्षेत्रमा उपयोग गर्नुरहेको छ। सरकारले वि.सं.२०८२ देखि २०९२ लाई आन्तरिक रोजगार प्रवर्द्धन दशक घोषणा गरेको छ। नेपालको विकासका प्रमुख क्षेत्रहरू जस्तै कृषि, उद्योग, पर्यटन, उर्जा एवं पूर्वाधार निर्माणको क्षेत्रमा सरकारी तथा निजी क्षेत्रबाट ठूलो लगानी भइरहेकाले ती क्षेत्रमा उल्लेखनीय रोजगारी सिर्जना हुने अवस्था छ। प्रधानमन्त्री रोजगार कार्यक्रमलाई “राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम” को रुपमा पुनर्संरचना गर्ने र यसलाई अझ सीपमूलक र रोजगारमूलक बनाउने नीति सरकारले लिएको छ ।