प्रतिनिधिसभाको अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समिति, राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विधायन व्यवस्थापन समितिको बैठक श्रावण ८ गते बिहिबार आज बस्दैछ।
अन्तरराष्ट्रिय सम्बन्ध समितिले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ता सांसदसँग छलफल गर्नेछ।
विधायन व्यवस्थापन समितिले जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल गर्ने र प्रत्यायोजित विधायन समितिले राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदन पारित गर्ने कार्यसूची छ।
८ साउन, काठङ्गाडौं । आज तीन वटा संसदीय समितिका बैठकसमेत बस्दैछन् ।
प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति एवं राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विधायन व्यवस्थापनको बैठक बस्दैछ ।
अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ता सांसदसँग छलफल हुनेछ ।
यस्तै, विधायन व्यवस्थापन समितिमा ‘जलस्रोत विधेयक, २०८१ माथि दफावार’ छलफल गर्ने कार्यसूची छ ।
प्रत्यायोजित विधायन समितिमा राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदनमाथि छलफल र पारित गर्ने कार्यसूची रहेको छ ।