सांग्रिला डेभलपमेन्ट बैंकले वित्तीय विवरण प्रकाशित गरेको छ। विवरणअनुसार अनुसार बैंकको लाभांश क्षमता २१३.८१ प्रतिशतले वृद्धि भएको छ। बैंकको अघिल्लो वर्ष असारसम्म १३ करोड १८ लाख मात्रै रहेको लाभांश क्षमता गत असारसम्म बढेर ४१ करोड ३८ लाख रुपैयाँ पुगेको हो।
बैंकको अघिल्लो वर्षको तुलनामा गत वर्ष खुद नाफा पनि ६.५१ प्रतिशतले वृद्धि भएर ५३ करोड ७० लाख नाघेको छ। अघिल्लो वर्ष बैंकको खुद नाफा ५० करोड ४२ लाख थियो।
बैंकको खुद ब्याज आम्दानीमा भने १ अर्ब ९० करोड ६८ लाखबाट १.३६ प्रतिशत गिरावट भई १ अर्ब ८८ करोड ९ लाख रुपैयाँमा झरेको छ।
बैंकको खुद सञ्चालन आम्दानी १ अर्ब ८४ करोड ६ लाखबाट बढेर १ अर्ब ९२ करोड ७४ लाख र सञ्चालन नाफा ७० करोड ३४ लाखबाट १० प्रतिशतले बढेर ७७ करोड ४२ लाख रुपैयाँ पुगेको छ।
चुक्ता पुँजी ३ अर्ब ५५ करोड ६२ लाख रहेको बैंकले यस अवधिमा कर्जा प्रवाह ४३ अर्ब र ५४ अर्ब ६६ करोड बढी निक्षेप संकलन गरेको विवरण सार्वजनिक भएको छ।