फेसबुकमा भावुक स्टाटस लेख्दै केही दिनअघि देहत्याग गरेका रिनेश घिमिरेको प्रेमिकालाई प्रहरीले पक्राउ गरेको छ। दुरुत्साहनको आरोपमा दोलखा स्थायी घर भई काठमाडौं नयाँबजारमा बस्ने २५ वर्षीया युवतीलाई ललितपुर प्रहरीले नियन्त्रणमा लिएको हो।
रिनेशले तीन तस्बिरसहित लेखेका थिए “बाउआमाको बुढेसकालको सहारालाई आज घाँटीमा पासो लगाउन बाुध्य बनाउने तिमीलाई उज्ज्वल भविष्यको शुभकामना अनि धेरै धेरै माया।
प्रेमिकाले दिएको बयान अनुसार, देहत्यागको अघिल्लो रात उनीहरू सँगै थिए। राति ९–१० बजेसम्म कोठामा बसेर कुुटपिुट भएको उनले बताएकी छन्।
उनी भन्छिन् “मलाई पीटेर जानुभयो, भोलिपल्ट एक्सक्युज गर्नुहोला भनेको केही गर्नुभएन, उल्टै यस्तो गर्नुभयो।”प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
पछिल्लो समय प्रेममा धोका खाने छोटो निर्णय गर्ने आक्रामक हुने आफै देहत्याग गर्ने कुराहरू मौलाएको देखिन्छ ।
तस्बिर : ताजा खबर