उत्पादन र निर्यातमुखी अर्थतन्त्र निर्माणमा यसरी लागौं : प्रवलजंग पाण्डेको विचार

  • Clock icon
    २०८२ श्रावण ९, शुक्रबार

हामीसँग १० खर्ब लगानी योग्य पुजी छ । हरेक बर्ष रेमिट्यान्स बृद्दी भइरहेको छ । तर निक्षेपको व्याज घटने क्रम रोकिएको छैन , अहिलेनै सबै जस्तो सम्भावना भएका क्षेत्रमा लगानी चाहिने भन्दा बढी भैसकेको छ । बैकको व्याजको आम्दानी लाई मुल आम्दानी मान्ने बर्ग को आय अत्याधिक घटेको छ। केही बर्ष कर्जाको माग अप्रत्यासित बढने देखिदैन , लगानीकर्ता हरु पहिले गरेकै लगानी बाट प्रतिफल प्राप्त गर्न नसकेर लगानी जोखिम घटाउन लागिरहेका छन ।

यसलाई मिलाउन अब के गर्ने ? लगानीको नयां सम्भावन कसरी खोज्ने ? कुन क्षेत्र मा लगानी गर्ने ? मेरो विचारमा
नीजि क्षेत्रलाई बिद्युत उत्पादनमा मात्र हैन , ट्रान्समिसन र वितरणमा पनि (पिपिपी) मोडल लागु गर्ने र  नीजि क्षेत्र लाई लगानीको लागि ढोका खोलिदिने। सरकारले केही ट्रान्समिसन लाइनहरु निर्माणमा नीजि क्षेत्रलाई लगानीको बाटो खुल्ला गरि रहेको छ । यो निकै स्वागतयोग्य कदम हो , यसै गरी वितरणमा पनि नीजि क्षेत्रलाई प्रोत्साहन गर्ने ।
राष्ट्रिय ध्वजाबाहक विमानहरू नहुँदा तीनवटा अन्तराष्ट्रिय बिमानस्थलहरु सदुपयोग हुन सकिरहेको छैन , त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा पनि बिदेशी बिमान सेवाको तुलनामा राष्ट्रिय ध्बजाबाहकको बजार हिस्सा नगन्य छ । उदाहरणका लागि नेपास भारत बिच दैनिक १२ वटा उडानमा भारतिय बिमान कम्पनिहरु हिस्ता ९० प्रतिशतभन्दा वढी छ । तसर्थ सरकारले नेपाली सरकारी र नीजि बिमान कम्पनीहरुलाई प्रोत्साहन गर्दै विश्वस्तरमा सेवा विस्तारलाई जोड दिनु पर्यो जसले नेपाली लगानीले नयाँ गन्तब्य तय गरेर सम्भावनामा बढ्छ ।
अर्गानिक फार्मिङमा नीजि क्षेत्र लाई प्रोत्साहन दिने, यसको उचित प्रचारद्वारा बिश्व बजारमा नेपाली कृषि उपज वस्तुहरूको निर्यात गर्ने।
कृषिजन्य उत्पादनमा आधारित खाद्य प्रक्रिया उद्योगमा जोड दिई बिदेशी उत्पादन लाई बिस्तापित गर्दै जाने डिपार्टमेन्ट स्टोरमा कम्तिमा ५० प्रतिशत भन्दा माथि नेपाली उत्पादनको बाहुल्यता होस्।
फलाम खानी पिपिपि मोडलमा सन्चालन गर्ने र कमसेकम फलामजन्य पदार्थको परनिर्भरता घटाउने ।
पर्यटकको को संख्या तीन बर्षमा ५० लाख पुर्याउन आवश्यक पुर्वाधारमा लगानी बढाउने ।
सुचना प्रबिधिको क्षेत्रमा नयाँ सम्भावना देखिएकाले यसलाई  प्रोत्साहन गरेर नेपाललाई सुचना प्रबिधिको हव बनाउने ।

हामीले हाम्रा लाभका क्षेत्रहरूको अध्ययन अनुसन्धान गरी त्यसमा तदारुकताका साथ लाग्ने हो भने बैंकमा भएको लगानीयोग्य पूँजी परिचालित हुने नयाँ पुर्वाधारहरु बन्ने ,रोजगारीहरु सिर्जना हुने र निर्यात बढ्नेछ र अन्त्यमा हामी आफ्नै उत्पादनमा निर्भर हुन सक्छौं ।

यस लेख प्रवल जंग पाण्डेको फेसबुक बाट लिईएको हो उहाँ सिटिजन्स बैंकका अध्यक्ष एबं व्यवसायी हुनुहुन्छ