प्रधानमन्त्री केपी शर्मा ओलीले दिनरात नै लगातार कामको चापले आफू थकित भएको सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिनुभएको छ ।
आज शुक्रबार बिहान सामाजिक सञ्जामा उनले थकित भएकाले हिजो बिहीबार बाहिरका कुनै कार्यक्रममा सहभागी नभएको पनि जानकारी दिनुभएको हो ।
यस्तै खडेरीको कारण सुख्खाग्रस्त बनेको महोत्तरी र बाराको अवलोकनको लागि जान लागेको प्रधानमन्त्री ओलीले फेसबुकमा उल्लेख गर्नुभएको छ ।
‘दिनरात नै लगातार कामको चापका कारण थकित थिएँ। हिजो बाहिरका कुनै कार्यक्रममा सहभागी भइनँ,’ प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेख्नुभएको छ ‘आज महोत्तरी र बारा जाँदै छु। तराई मधेसमा लागेको सुख्खाले साउनको पहिलो सातासम्म पनि धान रोपाइँ हुन सकेको छैन। त्यहाँको वस्तुस्थिति हेरौँ र स्थानीय किसानहरूका कुरा पनि सुनौँ भन्ने लागेको छ। आज बारा र महोत्तरीका दिदीबहिनी दाजुभाइहरूसँग भेट हुने छ।’