कालीमाटी तरकारी बजार विकास समितिले आज श्रावण ९ गते शुक्रबारका लागि तरकारी तथा फलफूलहरुको थोक मूल्यसूची सार्वजनिक गरेको छ।
कालीमाटीमा आज गोलभेँडा, प्याज, बोडीसहितका तरकारीको मूल्य थोरै घटेको छ। तर, बन्दासहितका केही तरकारीको मूल्य भने बढेको छ। केही तरकारी तथा फलफूल भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ।
कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडा ५५, सानो लोकल गोलभेँडा २४, रातो आलु ४४, सुकेको भारतीय प्याज ३८, लोकल गाँजर ९१, लोकल बन्दा २५, स्थानीय काउली ६६, मुला २९, लाम्चो भन्टा २५, डल्ले भन्टा ३५, तने बोडी ३३, मकै बोडी ६१ रुपैयाँ प्रतिकिलो छ।
त्यसैगरि करेला १७, लौका २२, तराईको परबल ३०, घिरौँला २६, झिँगुनी ३९, हरियो फर्सी ९डल्ले० ३४, पाकेको फर्सी ४५, भिन्डी २७, कन्य च्याउ १३६, डल्ले च्याउ ३२५, ब्रोकाउली ११० रुपैयाँ प्रतिकिलो छ।
थोकमा किनबेच भइरहेको यो सबै औसत मूल्य हो।
कालीमाटीमा हिजो ठूलो नेपाली गोलभेँडा ५५, सानो लोकल गोलभेँडा ३०, रातो आलु ४४, सुकेको भारतीय प्याज ३९, लोकल गाँजर ९१, लोकल बन्दा २३, स्थानीय काउली ६६, मुला ३०, लाम्चो भन्टा २५, डल्ले भन्टा ३५, तने बोडी ३०, मकै बोडी ७५ रुपैयाँ प्रतिकिलो थियो।
त्यसैगरि करेला १४, लौका २५, तराईको परबल ३०, घिरौँला २५, झिँगुनी ४०, हरियो फर्सी (डल्ले) ३५, पाकेको फर्सी ४३, भिन्डी २५, कन्य च्याउ १३५, डल्ले च्याउ ३२५, ब्रोकाउली ११० रुपैयाँ प्रतिकिलो थियो।