नेपालमा गत आर्थिक वर्ष २०८१ ८२ मा साढे १ लाख ७३ हजार ६७८ थान स्मार्टवाच आयात भएको छ। यसका लागि समग्रमा २९ करोड ४५ लाख ६२ हजार रुपैयाँ बाहिरिएको छ।
भन्सार विभागले हालै जारी गरेको आर्थिक वर्ष २०८१र८२ को समग्र वैदेशिक व्यापारको तथ्यांक अनुसार नेपालमा २९ करोड ४५ लाख ६२ हजार रुपैयाँ बराबरको स्मार्टफोन आयात वापत् सरकारले ८ करोड ९० लाख ९८ हजार राजस्व संकलन गरेको छ।
अघिल्लो आर्थिक वर्ष २०८०र८१ मा ३५ करोड ५१ लाख ४८ हजार बराबरको २ लाख ३९ हजार ६६९ थान स्मार्टफोन आयात भएको थियो।
तुलनात्मक रुपमा हेर्दा अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षमा ६ करोड ५ लाख ८६ हजार बराबरको ६५ हजार ९९१ थान कम स्मार्टफोन आयात भएको देखिन्छ।
आर्थिक वर्षहरुको तुलनात्मक अध्ययनका आधारमा घटबढ देखिए पनि नेपालमा स्मार्टवाच आयात हुने प्रवृत्ति र देशमा भने खासै बदलाव आएको छैन। नेपालमा सबैभन्दा धेरै स्मार्टफोन चीनबाट आउने गरेको छ। गत आर्थिक वर्षमा पनि चीनबाट २१ करोड ७० लाख ४५ हजार रुपैयाँ बराबरको १ लाख ५० हजार ३ थान स्मार्टफोन आयात भएको छ।
भारतबाट १० अर्ब ३ करोड २२ लाख ५५ हजार रुपैयाँ बराबरको ४ लाख २४ हजार ८४४ थान स्मार्टफोन आएको भन्सार विभागको तथ्याङ्कमा देखिन्छ।
यसबाहेक अन्य २५ देशबाट पनि विभिन्न परिमाण र मूल्यका स्मार्टवाच आयात भएको विवरणमा उल्लेख छ।