प्रधानमन्त्री ओलीको मधेश यात्रा अवलोकनद्धारा सम्पन्न

  • Clock icon
    २०८२ श्रावण ९, शुक्रबार

प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेश प्रदेशको सुक्खाग्रस्त क्षेत्र अवलोकन गर्नुभएको छ ।

आज शुक्रबार महोत्तरी र बाराका विभिन्न कार्यक्रममा सहभागी हुन पुगेका प्रधानमन्त्री ओलीले सोही अवसरमा हेलिकोप्टरबाट सुक्खाग्रस्त क्षेत्रको अवलोकन गर्नुभएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

नेपाल सरकारले मन्त्रिपरिषद्को यही ७ साउनको बैठकले तीन महिना अवधिका लागि मधेश प्रदेशभर विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो ।

वर्षाको समयमा पानी नपरेसँगै किसानको धान रोपाइँ प्रभावित भएपछि समस्यालाई कसरी समाधान गर्ने भन्नेमा प्रधानमन्त्री ओलीले यसअघि सम्बन्धित मन्त्री, प्रदेश सरकार र उच्चाधिकारीसँग छलफल गर्नुभएको थियो ।

 

 

  • Clock icon
    २०८२ श्रावण ९, शुक्रबार