सभामुख देवराज घिमिरेलेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गर्नुभएको छ । आज श्रावण १० गते शुक्रबार राष्ट्रपति निवास शीतल निवासमा पुगेर सभामुख घिमिरेले राष्ट्रपति पौडेललाई भेट गर्नुभएको हो ।
भेटमा सभामुख घिमिरेले संसद्का सभामुखहरूको जेनेभामा जुलाई २९ देखि ३१ सम्म हुने विश्व सम्मेलनमा नेपालको सहभागीताबारे राष्ट्रपति पौडेललाई जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
सभामुख घिमिरे सभामुखहरूको विश्व सम्मेलनमा सहभागी हुन २७ जुलाईमा जेनेभा जाने कार्यक्रम रहेको छ ।