त्रिभुवन आर्मी क्लबले एएनएफए यू-१६ युथ लिगमा सातदोबाटो युवा क्लबमाथि रोमाञ्चक जित निकालेको छ। शुक्रबार सातदोबाटोस्थित एएनएफए कम्प्लेक्समा भएको खेलमा आर्मीले १–० ले पछि परेको अवस्था उल्ट्याउँदै ३–१ को जित दर्ता गर्यो।
खेलको ९औं मिनेटमा मुक्सन राईको गोलमार्फत सातदोबाटोले अग्रता लिएको थियो। तर, आर्मीले त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै निरज अधिकारी, युजल भण्डारी र सोहित वैबाले गोल गरेपछि ३ गोल फर्काउँदै शानदार जित हात पार्यो।
यो जितसँगै आर्मीले ८ खेलमा ६ अंक जोड्दै लिगको ११औं स्थानमा उक्लिएको छ भने सातदोबाटो भने अहिलेसम्म अंकविहीन अवस्थामा नै छ। पहिलो जितसँगै आर्मीको मनोबल उच्च बनेको छ भने सातदोबाटोको लगातार हारको श्रृंखला भने जारी छ।