राष्ट्रिय सभाको बैठक आज सवा १ बजे बस्दै – कार्यसूची

संघीय संसद् राष्ट्रिय सभाको बैठक आज बस्दैछ ।

बैठक दिउँसो सवा एक बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको हो ।

आजको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ माथि दफाबार छलफलका लागि निर्णय गरिने कार्यसूचीमा उल्लेख छ ।